काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधाको धारा ७६ को (२) बमोजिम नै सबै दलको सहभागितामा राष्ट्रिय सरकार गठनको प्रस्ताव राखेका छन् ।
विभिन्न नेताहरुसँगको भेट र छलफलपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओली र अन्य पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव राखेका हुन् ।
डा.भट्टराईले बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै देशको संकट हल गर्न यस्तो प्रस्ताव राखेका हुन् । उनले दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति, साझा न्युनतम कार्यक्रमसहित एक वर्षभित्र चुनावमा जाने प्रस्ताव राखेका छन् ।
राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला जसपा एकजुट हुन सकेको छैन । डा.भट्टराई ओलीको विस्थापनको पक्षमा रहे पनि महन्थ ठाकुर पक्ष मानेको छैन ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।