add

साताको शेयर बजार: ३३ अर्ब ९६ करोडको कारोवार






ActPro Nepal

|

२५ वैशाख, २०७८

|
838

काठमाडौं । धितोपत्र बजारमा यस साता ३३ अर्ब ९६ करोड बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर दुई सय २६ वटा कम्पनीहरुको तीन लाख ९९ हजार एक सय १८ पटकको कारोबारमा ७ करोड ५६ लाख ४ हजार ८ सय ९५ कित्ता शेयर किनबेच भयो । 

त्यसबाट कुल ३३ अर्ब ९६ करोड ९२ लाख ३३ हजार दुई सय २३ रुपैयाँ कारोबार भएको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, एनसीसी बैंक आदि परेका छन ।

शेयर कारोवार भएको संख्याको आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंक लगायतका कम्पनीहरु परेका छन् ।

बजार पूँजी करणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, एभरेष्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

शेयर सूचीकरण तर्फ भने यो साता रुरु जलबिद्युत कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, स्भाभिमान लघुबित्त बित्तीय संस्था, समता घरेलु लघुबित्त बित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको बोनस तथा साधारण शेयर नियमित कारोवारको लागि सूचीकृत भएकाछन् ।

यो साता नेप्से २६३७.१३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ७३ दसमलव चार अंकमा पुगेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.