हेटौंडा। वाग्मती प्रदेशबाट राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टी (नेेमकिपा) बाट पनि उम्मेदवारी दर्ता भएको छ।
हेटौंडा ५ मा रहेको वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर नेमकिपा उम्मेदवार कृष्ण बहादुर तामाङले पनि मनोनयन दर्ता गराएका हुन्। तामाङको उम्मेदवारीको प्रस्तावकमा नेमकिपा सांसद सुरेन्द्रराज गोसाई र समर्थकमा सांसद सिर्जना सैैंजु रहेका छन्।
राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट डा खिमलाल देवकोटा र नेकपा एमालेको तर्फबाट गृहमन्त्री राम बहादुर थापा बादलले उम्मेदवारी दर्ता गराइसकेका छन्।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।