काठमाडौं। धितोपत्र बजारमा यस साता २७ अर्ब ३३ करोड बढीको कारोबार भएको छ ।
यो साता दुई सय २० वटा कम्पनीहरुको तीन लाख ५१ हजार तीन सय २२ पटकको कारोबारमा पाँच करोड ६५ लाख ८८ हजार दुई सय ९४ कित्ता शेयर किनबेच भएको हो
त्यसबाट कुल कारोबार २७ अर्ब ३३ करोड १६ लाख ७० हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही कम हो ।
नेप्सेमा गत साता भने दुई सय १६ वटा कम्पनीहरुको तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोवारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३हजार एक सय ७० रुपैयाँ पुगेको थियो ।
यो साता नेप्से पाँच दिन खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौथो दिन घटेको थियो भने तेस्रो र पाँचौं दिन बढेको थियो ।
यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदिको बढी रकम कारोवार भएका छन् भने शेयर कारोवार भएको संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेका छन् ।
बजार पूँजीकरणका आधारमा आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, आदि परेका छन् । यो साता नेप्से २६ सय ११ दसमलव १० अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ६९ दसमलव दुई अंकमा पुगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।