add

मेगा बैंकको नाफा ३६ प्रतिशत बढ्यो






ActPro Nepal

|

१५ वैशाख, २०७८

|
762

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगा बैंकको खुद नाफा झन्डै ३६ प्रतिशतले बढेको छ । बैंकले हालै सार्वजनिक गरेको तेस्रो त्रैमास सम्मको वित्तिय विवरणले यस्तो देखाएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४५ करोड १० लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत आवको सोही अवधीको तुलनामा ३५.९५ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २८ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि ३३ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य नाफा पनि ४५ करोडबाट बढेर १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४ प्रतिशतभन्दा धेरैले बढेको छ भने कर्जा लगानी ३२ प्रतिशतले बढेको छ।

हाल १४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडामा २ अर्ब ९७ करोड रुपैयाँ छ। पूँजी वृद्धिका कारण बैंकको प्रतिशेयर आम्दानी भने बढ्न सकेको छैन। हाल बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ रहेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.