add

एनआईसी एशिया बैंकको नाफा ३ अर्ब, पूँजीवृद्धिका बाबजुत इपिएस स्थीर






ActPro Nepal

|

१५ वैशाख, २०७८

|
689

काठमाडौं ।एनआईसी एशिया लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ अर्ब ५० करोड २४ लाख ९८ हजार खुद नाफा कमाएको बैंकको २०.०७ प्रतिशतले नाफा बढेको हो ।

बैंकको वितरणयोग्य नाफा गत आवको यसै अवधिको तुलनामा २०० प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा ४० करोड ७४ लाख ९६ रहेकोमा बढेर १ अर्ब २२ करोड ६ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको बैंकको १९ प्रतिशतले पूँजी बढेपनि प्रतिशेयर आम्दानी घटेको छैन । बैंकले पूँजीवृद्धिको इपिएसमा पर्ने असरलाई नाफा बढाएर कभर गरेको हो । बैंकको प्रतिशेयर आम्दानी ०.१९ रुपैयाँ बढेर ३४.८७ रुपैयाँमा पुगेको छ ।

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ६ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४ अर्ब ३९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.२३, सञ्चालन नाफा २१.९७, निक्षेप ३६.५५, कर्जा लगानी ५४.६० प्रतिशतले बढेको छ भने आधार ब्याजदर २.८४, कोषको लागत १.९९ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोष ७ अर्ब ३९ करोड ७३ लाख र शेयरधनी कोषमा १ अर्ब २७ करोड ५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको पूँजीकोष अनुपात ११.४४, खराब कर्जा अनुपात ०.४७, कोषको लागत ५.०३, कर्जा निक्षेप अनुपात ८४.२१, आधारदर ६.७७, स्प्रेडदर ४.३८ प्रतिशत, प्रतिशेयर नेटवर्थ १६२.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.८२ गुणा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.