add

काठमाडौं मलमा नेपाल बैंकको एटिएम र क्यु आर कोड सेवा






ActPro Nepal

|

१२ वैशाख, २०७८

|
1170

काठमाडौं । नेपाल बैंक र काठमाडौँ मल (दिवा सपना जेभी) क्युआर कोड र एटिएम प्रयोग गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र काठमाडौँ मल व्यवस्थापक कम्पनीको तर्फबाट प्रमूख व्यवस्थापक विष्णुहरु ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार नेपाल बैंकले मलका स्टलहरुमा भुक्तानीको लागि नेपाल बैंकको क्यु आर कोड प्रविधि जडान गर्ने छ भने मलको परिसरमा बैंकको एटिएम समेत जडान गर्ने छ ।साथै बैंकले मलका व्यावसायिहरुलाई सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने छ ।

बैंकले देशभर रहेका २०५ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङ्ग मार्फत् सेवा प्रदान गर्दै आईरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.