काठमाडौं । राष्ट्रियसभाबाट पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा बादल पुन गृहमन्त्रीमै नियुक्त भएका छन्।
उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीमै पुनःनियुक्ति गरेका हुन्।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । आजै सपथग्रहणको समय तय भइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्ट प्रोे नेपाललाइ जानकारी दिए ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको छ ।
यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेसशभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।