सर्लाही।जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवाबाट एक दिन देखि सम्पर्क बिहीन बनेका एक बालकको सकुशल उद्दार गरेको छ ।
आइतबार बिहान देखि सम्पर्क बिहीन बनेका सर्लाही मलंगवा नगरपालिका वडा नं. ५ भाडसर बस्ने रमेश सहनीका ३ वर्षीय छोरा आदर्श सहनी भारतको सितामढीस्थित मुसरनीयामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ३ बर्षीय आदर्श सहनी आफ्नै घर वरिपरी खेली रहेको अवस्थामा अचानक हराई बेपत्ता भएको भनी जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक कृष्ण गिरीको नेतृत्वमा खोजतलास एवं अनुसन्धान टोली परिचालन गरेको थियो ।
निरीक्षक कृष्ण गिरीको नेतृत्वमा बालक हराएको केहि घण्टामा नै उद्दार गर्न सफल भएको हो ।
बालक कसरी घरबाट सितामढीस्थित मुसरनीया सम्म पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पछिल्लो समय तराइका विभिन्न ठाउबाट धैरैको सङ्ख्यामा बालबालिका हराउने गरे पनि कम सङ्ख्यामा मात्र फेला परेका छन् ।
Comment