काठमाडौँ । कवि तथा गीतकार कमला न्यौपानेको कविता कृति ‘जङ्गलको यात्रा’ सार्वजनिक भएको छ । गत आइतबार एक भर्चुअल कार्यक्रमकाबीच कवि न्योपानेको उक्त कविता कृति सार्वजनिक भएको हो ।
सो कविता सङ्ग्रह मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन तथा आयोजना गरेको उक्त कार्यक्रममा कवि तथा गीतकार डा. नवराज लम्साल, कवि तथा कथाकार बिना थिङ र कवि राधिका कल्पितले संयुक्त रूपमा बिमोचन गरेका थिए । सो अवसरमा कृतिबारे बोल्दै डा. लम्सालले पहिलो कृति भएर पनि यतिको शसक्त हुनु निकै ठूलो कुरा भएको बताए ।
उनले भने ‘यो कृतिले कमला न्यौपानेलाई नेपाली कविताको मूल सडकमा ल्यायो । अब निरन्तर हिँड्नु पर्नेछ र यात्रा पूरा गर्नुपर्नेछ । यो यात्रा पूरा गर्न कमला न्यौपाने सक्षम देखिनु हुन्छ ।’
उनले आगामी दिनमा दार्शनिक चेत सहित लेख्न सके कविताको जीवन्त हुने समेत बताए । कवि तथा कथाकार बिना थिङले आफूले पछिल्लो समय आख्यान गैह्रआख्यानका किताबहरू पढिरहेको र लेखिरहेको तर यो कविता कृति पढेपछि पुन कवितामै फर्किन जोश मिलेको बताइन् ।
केही कविता उद्दरण गर्दै उनले एकदमै नया बिम्ब र सरल कविता भएको एक सुन्दर कृतिको रुपमा ‘जङ्गलको यात्रा’लाई ब्याख्या गरिन् । संस्थाका अध्यक्ष जीवन खत्रीले कृतिका लागि निकै मेहनत गरेकाले प्रतिकृया राम्रो हुने विश्वास व्यक्त गरे ।
मधुवन साहित्यिक प्रतिष्ठान, नेपालले प्रकाशन गरेको कृतिलाई कवि जीवन खत्रीले सम्पादन गरेका हुन् । कृतिमा यथार्थको 'धरातल', 'पसिनाको निलो', 'समुन्द्र पारि' र 'प्रेमको फूल' गरि चार उपशिर्षकमा विभाजन गरिनुका साथै प्रत्येक उपशिर्षकमा आर्टहरू समेत समावेश गरिऐको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।