add

सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ?






ActPro Nepal

|

१० चैत, २०७७

|
1252

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ ।

सोमबार साँझ ५ बजेसम्ममा १२ लाख २२ हजार ८ सय ३२ जना आवेदकले एक अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ बराबरकाे एक कराेड ८८ लाख ७२ हजार ९ सय कित्ताका लागि आवेदन दिएका निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ । याे सर्वसाधारणका लागि निष्कासन गरिएकाे २६ लाख ४० हजार कित्ता भन्दा ७.१४ गुणा बढी आवेदन हो । 

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे छ ।

यसअघि पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि माघ ४ गते, आइतबारबाट फागुन ३ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा चैत १० गते र ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । 

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल मार्केट्स लिमिटेडले गरेकाे छ । लगानीकर्ताले  नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

यो पनि पढ्नुहोस

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, यस्तो छ वित्तीय अवस्था


सिंगटी हाइड्रोको आईपीओमा पहिलो दिनमै पर्यो मागभन्दा बढीको आवेदन,कतिले भरे ?


सिंगटी हाइड्रोको आईपीओमा ३ दिनमै पर्यो मागभन्दा ५ गुणा बढी आवेदन,कतिले भरे ?



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.