add

सिंगटी हाइड्रोको आइपीओ खुल्यो, यस्तो छ वित्तीय अवस्था






ActPro Nepal

|

५ चैत, २०७७

|
1659

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गर्ने भएको हो ।

कम्पनीको आइपीओ चैत ६ गतेदेखि खुलेर छिटोमा चैत १० गते र ढिलोमा चैत २० गते बन्द हुनेछ । कम्पनीको आइपीओमा न्यूनतम १०कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

कति कित्ता भर्नु उपयुक्त ?

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई २६ लाख ९७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ६९ हजार ७०० जनालाई मात्र सेयर दिन पुग्छ ।

यसअघि खुलेका आइपीओमा करिब १८ लाखले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

यस्तो छ सेयर संरचना

कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको छ । १ अर्ब ४५ करोड जारी पूँजी रहेको कम्पनीले थप पूँजी वृद्धि गर्न अहिले २९ रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

आइपीओ पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधरणको ३० प्रतिशत रहनेछ ।


कम्पनीमा संस्थापक सेयरधनीले १ अर्ब १ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । यस्तै, कम्पनीमा स्थानीयबासीको १० प्रतिशत अर्थात् १४ करोड ५० लाख रुपैयाँ र सर्वसाधरणको २० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ लगानी रहनेछ ।

प्रतिमेगावाट लागत कति ?

कम्पनीले दोलाखको सिंगटी खोलामा ‘रन अफ रिभर’ २५ मेगावाटको जलविद्युत्योजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९९ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । अब चाँडै नेपाल विद्युत् प्राधिकरणले विद्युत्गृह परीक्षण गर्ने र नियमित विद्युत् उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजनाले बताएको छ ।

आयोजनाको कुल लागत ५ अर्ब ५० करोड ४६ लाख ६८ हजार रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसमेत २२ करोड लाग्ने कम्पनीको विवरणपत्रमा उल्लेख छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.४० वर्ष रहेको छ । आयोजनाले २०७२ माघ २० गते विद्युत् उत्पादन अनुमति पाएको थियो भने आयोजनाको विद्युत् उत्पादन बहाल रहने समय ५० वर्ष अर्थात् वि.सं. २१०७ पुस २९ गतेसम्म रहेको छ ।

 हाल सञ्चित नाफा साढे ११ करोड

अघिल्लो ४ आर्थिक वर्षको सञ्ति नाफा उल्लेख नगरेको कम्पनीको चालू आर्थिक वर्षसम्म ११ करोड ६३ लाख ८० हजार सञ्चित नाफा रहेको छ । कम्पनीले आगामी ३ वर्ष (आव २०८०/८१)सम्म यस्तो नाफा ६० करोड द७३ लाख पुर्याउने प्रक्षेपण गरेको छ ।


चालू आर्थिक वर्ष २०७७/७८ मा ८.०३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीले आगामी ३ वर्षमा यस्तो आम्दानी १३.४८ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । कम्पनीले आव २०७८/७९ मा ९.१६ रुपैयाँ, २०७९/८० मा ११.२२ रुपैयाँ र २०८०/८१ मा प्रतिसेयर आम्दानी १३.४८ पुग्ने प्रक्षेपण गरेको छ ।

चालू आवमा कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.०३ रुपैयाँ रहेको छ । कम्पनीले आव २०८०/८१ सम्म नेटवर्थ १४१.८९ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अ‍ैसतभन्दा कमजोर रहेको जनाउँछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.