add

देउवाले बोलाए पदाधिकारी बैठक






ActPro Nepal

|

९ चैत, २०७७

|
998

काठमाडौँ । समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो ।

सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली विकल्प खोज्नेबारे माओवादी केन्द्र र जसपाले निर्णय लिन नसकेबा बेला कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो ।

कांग्रेस आफैले पनि ओलीको विकल्प खोज्‍न सक्रिय देखाएको छैन । यसैबीच आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल निवास बालुवाटारमा बसेर छलफल गरेका थिए । ओलीको विकल्प खोज्‍न देउवा सक्रिय नदेखिएपछि त्यसका लागि दबाद दिने रणनीतिअनुसार यो बैठक बोलाइएको थियो ।

बैठकमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. रामशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, डा. मिनेन्द्र रिजाललगायतको सहभागिता थियो । कांग्रेस अग्रसर नहुँदा राजनीतिक संक्रमण झन् गहिरिँदै गएको र ओली सरकारको स्वेच्छारिता बढ्दै गएको भन्दै पार्टीभित्रैबाट आवाज उठिरहेका बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.