add

सभापतिभन्दा अरु पदमा उम्मेदवारी दिन्नँ : शेखर कोइराला






ActPro Nepal

|

१ चैत, २०७७

|
777

खोटाङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन् ।

नेपाल प्रेस युनियन खोटाङले त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको सभापति पदमा आफूले उमेद्वारी दिनेबारे समर्थक र नेताहरुसँग छलफल भइरहेको जानकारी दिए ।

नेता कोइरालाले अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले कांग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए । मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले आरोप लगाए । “संसद् पुनःस्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ,” उनले भने, “वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन ।”

नेता कोइरालाले पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक वा मध्यावधि जुनसुकै भए पनि निर्वाचन हुन आवश्यक रहेको बताउँदै अब त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए ।

हिन्दु, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसी मन्दिरको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा युवा नेता विदुर तिम्सिना, जिल्ला सभापति नरेश श्रेष्ठ, पूर्वजिल्ला सभापति विष्णुकुमार राई, हलेसी तुवाचङु नगरपालिकाका नगरप्रमुख इवन राईलगायतको उपस्थिति थियो । पार्टी कार्यकर्ता भेटघाटका लागि खोटाङ आएका नेता कोइरालालगायतको टोलीले हलेसीको दर्शन गर्नुका साथै पर्यटकीयस्थलको अवलोकन भ्रमण गरेको छ । रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.