add

बादलसहित २३ नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन






ActPro Nepal

|

२९ फागुन, २०७७

|
1023

काठमाडौं । पेरिसडाडाँमामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठलले चार बुँदे निर्णय गरेको छ ।

नेकपा एमालेको कमिटिमा राखिएका संघीय तथा प्रदेश सभा सांसदहरुलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने भएको छ ।

त्यस्तै बैठकले  चैत्र २ गते बोलाइएको कार्यकर्ता भेला स्थगित गरेको छ ।

ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रमा रहेका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् ।

यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । बिना मगर र बर्षमान पुनले यसअघि नै ओलीको कार्यशैलीप्रती असहमती जनाएर सरकारबाट बाहिरिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.