add

सत्ता समीकरणबारे कांग्रेस र जसपाका शीर्ष नेताको निर्णायक छलफल शेरबहादुर निवासमा जारी






ActPro Nepal

|

२८ फागुन, २०७७

|
694

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक बूढानीलकण्ठमा जारी रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी रहेका छन् ।

कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला सहभागी रहेका छन् ।

बैठकमा जसपासँग सत्तासमीकरणका विषयमा छलफल भइरहेको बताइएको छ ।

यस्तै, आज दिउँसो बसेको जसपा संसदीय दलको बैठक निस्कर्षविहीन भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा संसदीय दलको विधान पारित गर्ने, दलको नेता चयनलगायतका विषयमा छलफल गर्न बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.