add

एमालेले तोक्यो सातै प्रदेशका इन्चार्ज






ActPro Nepal

|

२८ फागुन, २०७७

|
969

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशमा इन्‍चार्ज तोकेको छ ।

शुक्रबार बालुवाटारमा बसेको एमालेको केन्‍द्रीय समिति बैठकले सातै प्रदेशका इन्‍चार्ज तोकेको हो । ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका छन् ।

शुक्रबार ओली अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका हुन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोधमा उत्रिएकी शाक्यलाई हटाएर ओलीले पूर्वमाओवादी नेता बादललाई नयाँ जिम्मेवारी दिएका हुन् ।

त्यस्तै प्रदेश १ को इन्‍चार्जमा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वाग्‍मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्जको जिम्‍मेवारी दिएको हो ।

भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी भट्टलाई जिम्मेवारी दिएका हुन् । बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधवकुमार नेपाललाई हटाएर राजन भट्टराईलाई नियुक्ति दिएको छ ।

त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.