add

यो संविधानको हत्या गर्ने बहस चलेको छ, सबैभन्दा बढी घेराबन्दी ममाथि गरियोः प्रचण्ड






ActPro Nepal

|

२८ फागुन, २०७७

|
929

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति संम्झौतापछि प्राप्त राजनीतिक उपलब्धीलाई उल्टाउन षड्यन्त्र भईरहेको बताएका छन् ।

बुटवलमा आज (शुक्रबार) राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाएका छन् ।

उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२–०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रष्ट पारे ।

‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।’

अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस शुरु भएको प्रचण्डले बताएका छन् । दलित, जनजातिका लागि जति अधिकार छ, तिनलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने कुरा पनि अहिले मुख्य रुपमा उठ्न थालेको उनको भनाइ छ ।

ती अधिकारको रक्षाका लागि जरुरी परेमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ भन्ने अपिल गर्दै उनले झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धीलाई कुनै पनि हालतमा आफूहरुले रक्षा गर्ने बताए ।

‘फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस्,’ उनले थपे, ‘लडेर ल्याएका उपलब्धीलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ, रंगिन क्रान्ति ।’ यस्तो क्रान्ति सबै तह र तप्काका नागरिक सडकमा निस्किएर शान्तिपूर्ण रुपमै सफल पार्न सकिने उनले बताए ।

उनले भने, ‘अहिले नेपालमा यो परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठूलो षड्यन्त्र भएको छ । सो साँचो कुरा हो ।’ गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक मन नपराउने नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यो परिवर्तनलाई उल्टाइछाड्ने कसरत भइरहेको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.