add

पुनर्स्थापित एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने






ActPro Nepal

|

२८ फागुन, २०७७

|
1189

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ ।

सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्युतिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । यसअघि समूहगत भेला भएका थिए । वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनु पर्ने निष्कर्ष निकालेको थियो । एमाले केन्द्रीय कमिटीमा हाल २०३ सदस्य कायम छन् ।

एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच संवादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ । नेपाल–खनाल पक्षले पार्टी विधि विधान अनुसार चल्नु पर्ने बताइरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.