add

‘भ्वाइस अफ नेपाल’को नयाँ सिजन सञ्चालन हुँदै






ActPro Nepal

|

२७ फागुन, २०७७

|
1179

काठमाडौं । रियालिटी गायन सो ‘भ्वाइस अफ नेपाल’को नयाँ सिजन सञ्चालन हुन लागेको छ। नेटटिभीको साँझेदारीमा भ्वाइस अफ नेपालको सिजन–३ सञ्चालन हुन लागेको हो।

हिमालय टिभीबाट प्रसारण हुने अन्तर्राष्ट्रिय गायन क्षेत्रको रियालिटी सोलाई नेपाली ढाँचा अनुसार प्रस्तुत गरिनेछ। यसलाई वर्ल्डलिंक कम्युनिकेसन्स् लिमिटेड लगायत यसका भगिनी कम्पनीहरू नेटटिभी र नेपाली पात्रोको साझेदारी रहेको छ।

सिजन–३ का लागि चाहिने इन्टरनेट वर्ल्डलिंकले उपलब्ध गराउने छ भने नेटटिभी सम्पूर्ण गतिविधिको साझेदारका रूपमा आबद्ध भएको छ।

त्यस्तै, यस सिजनको अफिसियल ओटीटी साझेदारका रूपमा नेटटीभी एप्स र सामुदायिक साझेदारका रूपमा नेपाली पात्रो रहेको छ। ‘भ्वाइस अफ नेपाल सिजन–३ को सम्पूर्ण गतिविधिमा आबद्ध हुन पाउँदा खुशी छौ,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने, “यो कार्यक्रमले हाम्रो देशका गायन क्षेत्रका प्रतिभाहरूलाई खोज्ने तथा अवसर प्रदान गर्नेछ।’

यो कार्यक्रम आईपीटीभी सेवा जडान गरेका र नेटटीभी एप्सका ग्राहकहरूले हेर्न सक्नेछन्। असम्पादित विशेष प्रस्तुतिहरू नेटटीभीको एप्समार्फत पनि हेर्न सकिनेछ। प्रतियोगिताका उत्कृष्ट प्रतिभालाई वर्ल्डलिंकले वर्षभरि निःशुल्क इन्टरनेट र आइपीटीभी सेवाहरू प्रदान गर्ने भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.