add

यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशसँग खरिद गरेकाे मल अर्को साता नेपाल भित्रिने






ActPro Nepal

|

२० फागुन, २०७७

|
1805

काठमाडौं । किसानहरुले खेतबारीमा हाल्न मलको अभाव ब्यहोर्दै आएकोमा यस वर्ष भने केही राहत मिल्ने भएको छ ।

सरकारले बंगलादेशबाट सरकार–सरकारबीच (जीटुजी) प्रक्रियाबाट खरिद गरेर ल्याएको मल अबको एकहप्ता भित्र नेपाल आइपुग्ने भएपछि यस वर्ष गहुँ, चैतेधान लगायतका लागि मल अभाव नहुने भएको हो ।

सरकारले बंगलादेशबाट खरिद गर्न लागेको ५० हजार मेट्रिकटन मल मध्ये पहिलो चरणमा ल्याउन लागेको २२ हजार मेट्रिकटन मल भारतको कोलकत्ता आइपुगेको छ । सो मल एकहप्तामै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बताए ।

उनका अनुसार बंगलादेशबाट ल्याइएको मल हाल कोलकत्तामा आइपुगेको र नेपालतर्फ ल्याउन मल प्याकिङ भइरहेको छ । उनले सो मल कोलकात्ताबाट ३ देखि ५ दिनमा नेपाल आइपुग्ने बताए ।

पोखरेलले  भने ‘अहिले कोलकत्तामा मल प्याकिङ गर्ने काम भइरहेको छ, शुक्रबारसम्ममा काठमाडौं हिँड्ने छ, त्यहाँबाट हिँडेको छिटोमा ३ दिन ढिलोमा ५ दिनभित्र मल आइपुग्ने छ,’  ।

पहिलो चरण अन्तर्गत २२ हजार ५ सय मेट्रिकटन मल रेलमा लोड गरेर ल्याउन लागिएको हो । सो पश्चात अबको १५ दिनमा १० हजार मेट्रिकटन र त्यसको १५ दिनमा १७ हजार ५ सय मेट्रिकटन थप मल आयात हुने छन् ।

सो मल आयात पछि वेयरहाउसमा राखिने छ । त्यसपछि अन्य सहकारीको माध्यबाट किसानसम्म पुर्राइने उनले बताए । सरकारले बंगलादेशसँग जीटुजीमा खरिद गरेको सो यूरिया मल अबको १ महिनामा सबै आयात भइसक्ने उनको भनाइ छ । बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा शुरु गरेको थियो । नेपालले बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीद गरेको हो ।

गत वर्ष धान रोप्ने समय जेठ–असारमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले छोटो प्रक्रियामा मल आयात गर्न बंगलादेश उत्तम विकल्प भएको भन्दै कुराकाननी अगाडि बढाएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १६ मा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवादमा तत्काल सापटी मल ल्याउन आग्रह गरेका थिए ।

बंगलादेशकी प्रधानमन्त्री हसिनाले सो समयमा उक्त प्रस्ताव स्वीकार गरे पनि पछि सापटी नदिने निर्णय गरेको थियो । बंगलादेशले पैँचोमा मल नदिने भएपछि सरकारले यूरिया मल किनेर ल्याउन पुसमा ठेक्का लगाएको थियो ।

हाल कम्पनीसँग ९ हजार ४३८ मेट्रिकटन युरिया, ३० हजार ६७१ मेट्रिकटन डीएपी र ६ हजार ६७९ पोटास मौज्दात रहेको र मलको कुनै अभाव नरहेको दाबी कम्पनीको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.