add

‘विप्लव’ समूहसँग वार्ता गर्न बादलको नेतृत्वमा समिति गठन






ActPro Nepal

|

१८ फागुन, २०७७

|
769

काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार सरकारले विप्लव समूहसँग वार्ता गर्नका लागि  दुई सदस्यीय टोली गठन गरेको हो । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता गुरुङले बताए । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई त्यसको सदस्य छन् । 

विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ। 

सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने विप्लव समूहका एक नेताले बताए । 

विप्लव समुहले भने खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको जनाएको छ । प्रकाण्डलाई पक्राउ गर्न हिजो मात्रै पक्राउ पुर्जी जारी गरिएको थियो । 

जिल्ला अदालत उदयपुरले विप्लबका नेता तथा प्रवक्ता   ‘प्रकाण्ड’ विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको गरेको थियो । 

कालीकोटको नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ मालकोट घर भएका प्रकाण्ड विरुद्ध प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी गरिएको भन्दै गोरखापत्रमा सुचना नै छापिएको छ । 

प्रकाण्ड विरुद्ध बम विष्फोट गराई ज्यान मार्ने उद्योगको मुद्दामा पक्राउ पुर्जी  जारी गरेको हो ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.