add

नेपालमा ठूलो मात्रामा खाद्यान्न आयात, अमेरिकी देशबाट पनि आउँछ चामल र मकै






ActPro Nepal

|

२२ माघ, २०७७

|
1404

काठमाडौं। कृषि प्रधान देश नेपालमा बाहिरी देशबाट ठूलो मात्रामा खाद्यान्न आयात हुने गरेको एक तथ्यांकले देखाएको छ।  

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा अहिले चामल, मकै र गहुँजस्ता अन्न भारतबाट मात्र होइन अमेरिकाबाट समेत आयात हुनेको गरेको छ । 

भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड केजी र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ। 

त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिँदा झन्डै २४\२४ लाख केजी दक्षिण अमेरिकी देश ब्रजिल र आर्जेन्टिनाबाट अनि साढे तीन लाख केजी दक्षिण अफ्रिकाबाट आएको तथ्यांकले देखाएको छ । 

जस अनुरुप हरेक नेपालीले वार्षिक १३८ केजी चामल खपत गर्ने गरेका छन् । 

इन्टरनेशनल राइस रिसर्च इन्स्टिट्यूट (एईआरआरई) को तथ्यांक अनुसार हरेक नेपालीले वार्षिक १३८ केजी चामल खपत गर्ने गरेका हुन् । 

एईआरआरईको तथ्यांक अनुसार हरेक नेपालीले दैनिक ३८० ग्राम चामल खपत गर्ने गरेका छन् । नेपाल एसियामा सबैभन्दा धेरै चामल खपत गर्ने देशमा पर्छ । 

गएको छ महिनामा नेपालमा विदेशी धान सहित गहुँ, कनिका, फापर, कोदो, जौ र जुनेलो आयात गर्दा ४२ अर्ब रुपैयाँ विदेशिएको भन्सार विभागको तथ्यांकले देखाउछ । त्यो रकम तरकारी, फलफूल, मासुमाछा आदि खाद्य उत्पादन र सामानबाहेकको हो। 

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनी चामल आयात बढ्दै गएको छ । 

स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन । 

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.