add

तीन महिना भित्र सबै नेपालीलाई निःशुल्क रुपमा कोरोना खोप पाउँछन्






ActPro Nepal

|

१४ माघ, २०७७

|
1132

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीले तीन महिना भित्र सम्पूर्ण  नागरिकलाई निःशुल्क रुपमा खोप उपलब्ध गराउने बताएका छन् । 

कोरोना विरुद्धको खोप अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीमा खोप पुर्याउने आश्वासन दिएका हुन्।

ओलीले भारत सरकारले सहयोग स्बरुप उपलब्ध गराएको खोप संगै सरकारले थप  खरिदको तयारी गरेको पनि जानकारी दिए । 

खरिदका लागि सरकारले बजेटको ब्यबस्था गरिसकेको जानकारी गराउदै प्रधानमन्त्री ओलीले अभियनका लागि सबैको साथ र सहयोग र सग्लनता आबश्यकता रहेको बताए । 

उनले भने, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, कुनै भेदभावविना नै सबै नेपालीलाई निःशुल्क  रूपमा खोप लगाइन्छ।’ 

‘हामी खोपमा मात्रै भर पर्ने होइन।’ प्रधानमन्त्रीले भने, ‘यो शतप्रतिशत विश्वसनीय नहुन सक्छ। हामीले भौतिक दुरी काय गर्ने, मास्क लगाउने, सरसफाई र खानपिन जस्ता स्वास्थ्यमापदण्ड अपनाईराख्नु पर्छ।’

‘पहिले जता पनि मान्छे देख्यो कि कोभिडको संवाहक जस्तो लाग्थ्यो।’ प्रधानमन्त्रीले भने, ‘अहिलेको अवस्था हिजो जस्तो भयावह छैन। मान्छे भयवित भएको देखिदैन। मानिसले सावधानि अपनाएको छ। हिजो साबधानी भन्दा बढी त्रास थियो।’

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नेपाल दक्षिण एशियामा कोराेनाविरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.