add

गगन थापा भन्छन : ओलीतन्त्र सकिने समय आइसक्यो






ActPro Nepal

|

१३ माघ, २०७७

|
1251

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले  नागरिक आन्दोलनमा दमन गर्नु ‘ओलीतन्त्र’ अन्त्यको संकेत भएको बताएका छन् । 

सोमबार बालुवाटारमा नागरिक आन्दोलनका अगुवामाथि निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दमन गरेपछि थापाले यस्तो बताएका हुन् । 

सोमबार  एक ट्वीट गर्दै उनले भनेका छन्,“ नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइँ हो’, उनले भनेका छन्, ‘तानाशाहहरू ढल्नुअघि नागरिकलाई यसरी नै हेप्छन्, अनि आफैँ सकिन्छन् ।”

पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा उत्रिएको नागरिक अगुवाहरुको समूहमाथि प्रहरीले लाठी र पानीको फोहरा हानेर दमन गरेको हो । कमल पोखरीको माटोको टीको लगाएर मार्च गर्दै बालुवाटारस्थित निषेधित क्षेत्रमा पुगेका नागरिक अगुवामाथिको दमनले सरकारको तीव्र आलोचना भइरहेको छ ।





एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.