add

बागमती प्रदेशको प्रदेश सभा बस्दै, अविश्वास प्रस्तावमाथि छलफल हुने






ActPro Nepal

|

९ माघ, २०७७

|
867

काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्ने भएको छ।

बुधबार बैठक बसेपछि अनिश्चितकालका लागि स्थगित गरिएकोमा सभामुख सानुकुमार श्रेष्ठले शुक्रबारका लागि बोलाएका हुन्। 

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता अविश्वास प्रस्तावबारे छलफल गर्ने तयारी नेकपा प्रचण्ड-माधव समूहले गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै प्रचण्ड-नेपाल समूहका ४५ जना प्रदेश सांसदले गत पुस १० गते प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

अधिवेशनको पहिलो दिन दलका नेताले बाेल्दाबाेल्दै समय सकिएपछि सभामुख श्रेष्ठले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगन गरेका थिए।

तर बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिले तीव्र दबाब दिएपछि उनी बैठक बाेलाउन बाध्य भएका हुन्।

तर त्यहाँ कांग्रेस अहिलेसम्म तटस्थ देखिएकाले मुख्यमन्त्री पाैडेलविरुद्धकाे अविश्वास प्रस्ताव पास हुने/नहुने टुंगो छैन।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.