add

नेपालसहित छिमेकी देशलाई भारतले आजबाट चरणगत रूपमा कोरोनाको खोप उपलब्ध गराउने






ActPro Nepal

|

७ माघ, २०७७

|
1085

काठमाडौँ । नेपालसहित आफ्ना छिमेकी राष्ट्रहरूलाई आजबाट  चरणगत रूपमा  कोभिड-१९ विरुद्धको खोप अनुदानमा दिने भारतले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतमा विकसित खोप भुटान, माल्दिभ्स, बंगलादेश, नेपाल, म्यानमार र सेचेलेसलगायत राष्ट्रहरूलाई उपलब्ध गराउने जनाएको छ । 

यसबाहेक श्रीलङ्का, अफगानिस्तान र मरिससका हकमा भने ती देशहरूको स्वीकृतिको प्रक्रियामा आवश्यक कार्य भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

हाल भारतमा स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा काम गर्नेहरू तथा जोखिममा रहेकालाई खोप दिने कार्य भइरहेको छ । भारतमा खोपको मागलाई धान्ने गरी भण्डारणमा राखिने तथा भारतले पहिले प्रतिबद्धता जनाएबमोजिम बाहिरी देशहरूलाई पनि खोप उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ । 

भारतले खोप उपलब्ध गराउने भनेका देशहरूमा राष्ट्रिय तथा राज्य तहमा हाल खोपसम्बन्धी प्रशिक्षण कार्य भइरहेको जनाइएको छ ।

आगामी साता र महिनामा यसरी चरणगत रूपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने सो विज्ञप्तिमा उल्लेख छ ।

औपचारिक जानकारी दिन पत्रकार सम्मेलन

भारतले दिन लागेको खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तथा भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । आज दिउँसो स्वास्थ्यमन्त्री र भारतीय राजदूतले संयुक्त पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मंगलबार ट्विट गर्दैै आजदेखि मित्र राष्ट्रमा खोप आपूर्ति सुरु गर्ने जानकारी दिएका छन् । नेपालका अधिकारीले भने खोप आजै पनि आउन सक्ने तथा कम्तीमा यो हप्ताभित्र आइपुग्ने अपेक्षा गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.