add

उखु किसानको बक्यौता असुलीको निर्णयबाट चुक्यो सरकार, नाघ्यो २१ दिने म्याद






ActPro Nepal

|

६ माघ, २०७७

|
921

काठमाडौं । २१ दिनभित्र उखु किसानको बक्यौता असुली गरिदिने समझदारी कार्यान्वयन गर्न सरकार फेरि चुकेको छ । सरकारले उखु किसानको रकम भुक्तानी गर्नको लागि चिनी उद्योगलाई दिएको २१ दिनको समय सोमबार सकिएको हो ।

लामो समयदेखि उखुको बक्यौता भुक्तानी नगरेको भन्दै किसानहरूले माइतीघरमा मण्डलामा धर्ना र प्रदर्शन रोक्न मन्त्रालयले २१ दिनभित्र बक्यौता असुली गरिदिने भन्दै सहमति गरेको थियो ।

त्यसो त गत वर्ष नै उद्योग मन्त्री आफैले कृषकलाई रकम उपलब्ध गराउने गरी कृषकसँग सहमति गरेका थिए । तर, उनी त्यसमा असफल भएका थिए।

उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए। यसवर्ष पनि सरकारले उखु किसानले उहि ढाँचाको चार बुँदे सहमति गरेको थियो ।

सहमति भएपछि गत पुस १३ गतेबाट उखु किसानले आन्दोलन रोकेका थिए । तर, यसबिचमा अझैपनि किसानले झण्डै १८ करोड रुपैयाँको भुक्तानी पाउन बाँकी छ ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार उखु किसानले अझै १७ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको बक्यौता रकम तिर्न बाँकी छ ।

कुन चिनी उद्योगको कति बाँकी
अन्नपूर्ण सुगर मिलः

अन्नपूर्ण सुगर मिलले उखु किसानलाई १७ करोड रुपैयाँ भूक्तानी गर्नुपर्ने छ । जसमध्ये अहिलेसम्म ११ करोड २७ लाख भूक्तानी गरिसकेको छ भने अझै ५ करोड ७३ लाख भूक्तानी गर्न बाँकी छ ।

लुम्बिनी सुगर मिलः

मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी सुगर मिलले भूक्तानी गर्नुपर्ने कुल रकम ८ करोड ४१ लाख छ । जसमा मिलले अहिलेसम्म ४ करोड १६ लाख भुक्तानी गरिसकेको छ भने ४ करोड २५ लाख भुक्तानी गर्न बाँकी छ ।

इन्दिरा सुगर मिलः

इन्दिरा सुगर मिलले उखु किसानको भूक्तानी गर्नुपर्ने कुल रकम ४ करोड ७० लाख रुपैयाँ छ । जसमा अहिलेसम्म १ करोड ५० लाख भुक्तानी गरिसकेको छ भने ३ करोड २० लाख बाँकी छ ।

श्रीराम सुगर मिलः

मन्त्रालयको तथ्यांक अनुसार श्रीराम सुगर मिलले भूक्तानी गर्नुपर्ने कुल रकम ४० करोड ४६ लाख रुपैयाँ छ । जसमा मिलले अहिलेसम्म ३५ करोड ७५ लाख ४४ हजार भुक्तानी गरिसकेको छ भने अझै ४ करोड ७० लाख ५६ हजार रुपैयाँ भुक्तान गर्न बाँकी छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.