add

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो






ActPro Nepal

|

६ माघ, २०७७

|
955

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । 

बैठक यही माघ १३ गते बस्ने कार्यालय सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । 

यसअघि माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण सो दिन अपराह्न १ बजे तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन सम्बन्धमा छलफल हुने बताइएको छ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध बिहीबार ७५३ पालिकाका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र तथा पालिकामा विरोध प्रदर्शन गरिसकेको छ ।

काङ्ग्रेसले माघ १३ गते बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि अनुरोधसमेत गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.