add

एनआइसी एशिया लघुवित्तद्वारा स्वदेशीसँगको मर्जर सम्बन्धी अन्तिम सम्झौता पारित






ActPro Nepal

|

४ माघ, २०७७

|
991

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले स्वदेशी लघुवित्त वित्तीय संस्थासँग भएको मर्जर सम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको छ ।

लघुवित्तको आइतबार सम्पन्न तेस्रो साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यस्तै, आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धीत अनुसुचीहरु परित गरेको छ ।

त्यसैगरी, सभाले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समयानुकूल संशोधन गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु सर्वसम्मतरुपमा पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकमा शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवाली निर्विरोध निर्वाचित गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.