add

७० प्रतिशत सदस्य हामीसङ छन नेकपाको चुनावचिह्न र नाम हामीले पाउँछौँ : प्रचण्ड






ActPro Nepal

|

१५ पुष, २०७७

|
654

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनावचिह्न आफूहरूले पाउने दावी गरेका छन्। 

पार्टीको बहुमत सदस्य आफूहरूले नेतृत्व गरेको समूहमा रहेको जनाउँदै उनले पार्टीको नाम र चुनावचिह्न आफूले पाउने दाबी गरेका हुन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध शक्ति प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पार्टीको ७० प्रतिशत सदस्य आफूहरूको समूहमा रहेको उनले बताए। उनले प्रश्न गरे, “३० प्रतिशत सदस्य भएको पक्षले कहीँ पार्टीको नाम, चुनावचिह्न पाउँछ?”

प्रधानमन्त्री ओलीले सनकको भरमा प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरेको आरोप उनले लगाएका छन्।

फरक प्रसङ्गमा उनले प्रतिनिधिसभा पुनर्स्थापना अदालतबाट हुने भरोसा लिएको उल्लेख गरे। 

“सर्वोच्च अदालतलाई सम्मान गर्ने बाहेक केही गर्न मिल्दैन, हामी सर्वोच्च अदालतप्रति आशा गर्छौँ, भरोसा गर्छौँ,” प्रचण्डको भनाइ छ।

२०४६ सालको जनआन्दोलनपछि बनेको संविधानमा प्रधानमन्त्रीलाई असहज भएको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नेसम्मको विशेष अधिकार भएको र त्यसको प्रयोग हुँदा राजनीतिक अस्थिरता देखिएपछि संविधान निर्माणको क्रममा उक्त प्रावधान नराखिएको उनले जनाए। तर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा हुँदै नभएको प्रावधानका आधारमा प्रतिनिधिसभा विघटन गरेपछि आफू दुःखी भएको बताए। 

“माइतीघरको चिसो भुँइमा बसेपछि मलाई गर्व भयो, जनताको छोरो म, जनतासँगै बस्ने, जनतासँगै हिँड्ने मौका केपीजीले दिनुभयो,” उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद समेत दिए। 



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.