add

जनअधिकारको रक्षाका लागि जनतामा जानुपर्छ : नेता पाण्डे






ActPro Nepal

|

१२ पुष, २०७७

|
1069

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

नेकपा धादिङ-काठमाडौं सम्पर्क मञ्चले शनिबार यहाँ आयोजना गरेको भेलामा उनले विधि, पद्धति, कानुन र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्ने विरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताए। तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेस गर्दै उनले भने, “हामी विभाजित भएका छैनौँ।”

पूर्वमन्त्री पाण्डेले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थपे, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ। त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ।” 

उनले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पारे। नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानुको विकल्प नभएको बताए।

नेकपा बागती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताए। नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने आवश्यकता औँल्याइन्। 

कार्यक्रममा धादिङ घर भइ हाल काठमाडौंमा विभिन्न पेसा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो। रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.