add

राज्यमन्त्री मानन्धरले बनाए गायनमा विश्व कीर्तिमान






ActPro Nepal

|

११ पुष, २०७७

|
1079

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् ।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाएका थिए ।

बालाजुस्थित आफ्नै लगानीको अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाएका थिए । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाएका थिए । उनले नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ,

तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकाले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.