add

राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त






ActPro Nepal

|

८ पुष, २०७७

|
988

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए ।

सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

नेकपाको सचिवालयमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानुपर्ने पक्षमा बहुमत पुगेपछि ओलीले खतिवडालाई विषेश आर्थिक सल्लाहकार नियुक्त गरेका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.