add

फुटको अन्तिम तयारीमा नेकपा, दुवै पक्षले बोलाए केन्द्रीय कमिटी बैठक






ActPro Nepal

|

७ पुष, २०७७

|
1068

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई पक्षले अलग(अलग केन्द्रीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक राख्दैछन् भने कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजे बस्ने भएको हो। दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् ।

प्रचण्ड- नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ ।

यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत आइतबार अचानक संसद् भंग गराई वैशाख १७ र २७ प्रतिनिधिसभाकाे चुनाव गर्ने घाेषणा गरेपछि दुई पक्ष आआफ्ना रणनीति निर्माणमा लागेका हुन्।

यी सबै घटनाक्रमबारे मूल्याङकन गर्दा मंगलबार नै नेकपा औपचारिक रुपमा विभाजन हुने आकंलन गरिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.