add

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दैं, यस्ता छन एजेन्डा






ActPro Nepal

|

७ पुष, २०७७

|
1035

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्ने भएको छ ।

राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्न लागेको हो । 

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओली नेतृत्वको सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको ठहर गरेको थियो।

पछिल्लो पटक उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले हिजो सर्वदलीय बैठकसमेत बोलाएको थियो। बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत सहभागी थिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.