add

काठमाडौंको सडकमा संकटकालको झल्को






ActPro Nepal

|

६ पुष, २०७७

|
1152

काठमाडौँ । सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गृह मन्त्रालयले देशभर प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाएको छ  ।

प्रतिनीधिसभा विघटनसँगै आन्दोलन चर्किने विश्लेषण गरेका सुरक्षा निकायहरुले आन्दोलनको मुख्य केन्द्रबिन्दु काठमाडौंलाई उच्च सुरक्षा सर्तकताका राखेका हुन् ।


बिहानदेखि काठमाडौंमा सडकमा प्रहरी र सशस्त्रको उपस्थिति बाक्लो बनाइएको छ । सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट रहेका तर, विवादमा परेका नेताको निवासमा उच्च सतर्कता अपनाइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरुको निवासमा सुरक्षा सतर्कता अनाइएको छ ।


स्वास्थ्य सामग्री खरिद प्रकरणमा ‘विवादित’ ओम्नि समूह र यत्ति ग्रुपका सञ्चालकका घर र कार्यालयमा सुरक्षा सतर्कता अपनाइएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेता माधव नेपालको निवासमा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।

आन्दोलनको मुख्य केन्द्रविन्दु माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।विरोध प्रदर्शन भड्किन नदिन प्रशासनलाई पनि चनाखो बन्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।


प्रहरी प्रधान कार्यालयले त ‘पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौती सामना गर्ने गरी विशेष सुरक्षा रणनीति’ अपनाएर खटिन सातवटै प्रदेश प्रहरी र महानगरीय प्रहरी कार्यालयलाई आन्तरिक परिपत्र गरेको छ । निषेधित क्षेत्र तोडेर हुने प्रदर्शन र विरोध नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.