add

वैशाख २३ गते संसदको चुनाव गर्ने ओलीको प्रस्ताव






ActPro Nepal

|

५ पुष, २०७७

|
1362

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख २३ गते आमचुनाव गर्ने प्रस्ताव सिफारिश गर्नुभएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको दुई तिहाईनिकट शक्ति रहेको संसद विघटन गरी ताजा जनादेशका लागि २०७८ बैशाख १५ गतेको मिति प्रस्ताव गर्नुभएको हो ।

आइतबार विहान आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद् विघटनको प्रस्ताव पारित गराउनुभएको प्रधानमन्त्री ओली राष्ट्रपतिसमक्ष आफ्नो प्रस्ताव लिएर शितलनिवास जानुभएको छ ।

संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदर गरिदिनुभएमा नयाँ संविधानपछि बनेको पहिलो संसद पनि अकालमै मृत्युवरण गर्न बाध्य हुने छ ।

संयोग के परेको छ भने नेपालको नयाँ संविधानमार्फत् गराइएको बहुदलीय प्रतिष्पर्धाअन्तर्गतका सबै संसदले अकालमै मृत्युवरण गर्नुपरेको छ ।

२०१५ सालको संविधानअन्तर्गत गराइएको निर्वाचनपछि बनेको निर्वाचित संसद २०१७ सालमा राजा महेन्द्रको कू पछि अकालमै मारिएको थियो ।

२०४७ सालको संविधानपछि बनेको पहिलो संसद २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक रडाकोका कारण मृत्युवरण बाध्य भएको थियो ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित गराउन नसकेपछि मध्यावधि निर्वाचनमा जाने निर्णय गर्दै संसद विघटन गराउनुभएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.