add

प्रधानमन्त्रीको कदमलाई राजनीतिकरूपमा प्रतिवाद गर्छौंं : कांग्रेस प्रवक्ता






ActPro Nepal

|

५ पुष, २०७७

|
1026

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई कांग्रेसले प्रतिवाद गर्ने जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसद् विघटन गर्ने निर्णय संविधान र लोकतन्त्रविरुद्ध भएको जनाएका छन्। उनले सामाजिक सञ्जालमाफर्त प्रतिक्रिया जनाउँदै यसको प्रतिवादन गर्ने बताएका छन्।

प्रवक्ता शर्माले भनेका छन्, 'प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ। संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं।'

प्रधानमन्त्री ओेली आज बिहान आकस्मिक रुपमा बाेलाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियाे।

उनले यसलाई अधिनायकवादी आकाक्षा भनेका छन्। यसलाई असफल तुल्याइने उनले बताएका छन्। शर्माले भनेका छन्, 'अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ!'


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.