add

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन






ActPro Nepal

|

१० मंसिर, २०७७

|
772

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १० गते अन्तिम दिन रहेको छ । 

बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर ११ गतेको लागि बुक क्लोज मिति तय गरेकोले मङ्सिर १० सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन ।

बैंकले मङ्सिर २० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने जनाएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.