add

कफीको न्यूनतम मूल्य तोकियो, किसानले ए ग्रेडको ९० र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी पाउने






ActPro Nepal

|

३ मंसिर, २०७७

|
1604

काठमाडौं । सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित ताजा कफी ए ग्रेडको ९० रुपैयाँ प्रतिकेजी र बी ग्रेडको ८० रुपैयाँ प्रतिकेजी मूल्य तोकेको हो ।

त्यसैगरी ए ग्रेड पार्चमेण्ट प्रशोधित कफीको मूल्य ४ सय ५० रुपैयाँ प्रतिकिलो र बी ग्रेड पार्चमेण्ट कफीको मूल्य ३ सय ९७ रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

बोर्डका अनुसार किसानलाई उनीहरुको उत्पादन लागतमा २२.५ प्रतिशत नाफा हुने गरी न्यूनतम मूल्य तोकिएको हो । ए ग्रेड चेरीको मूल्य पोहोरभन्दा ५ रुपैयाँ प्रतिकिलो र प्रशोधित ए ग्रेड कफीको मूल्य २५ रुपैयाँले बढाइएको छ ।

नेपालका ४३ जिल्लामा कफी खेति हुने गरेको छ । यहाँ अरेबिका जातको कफीको खेती सबैभन्दा बढी हुने गरेको छ ।

गत वर्षसम्म गुल्मी जिल्लामा सबैभन्दा बढी कफी खेती हुने भनिंदै आएकोमा गत वर्षको एक अध्ययनले सिन्धुपाल्चोक सबैभन्दा बढी कफी खेती हुने जिल्ला भएको देखाएको थियो ।

गत वर्ष नेपालले २ सय ६६ टन कफी आयात गरेको थियो भने करीब ४७ टन निर्यात गरेको थियो ।
अग्र्यानिक विधिबाट उत्पादन गरिएको र पानीमा डुब्ने कफीलाई ए ग्रेड मानिन्छ भने अन्य बी ग्रेडमा पर्छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.