काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक आज बस्दै छ।
पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सचिवालय बैठक आह्वान गरेका हुन्।
पछिल्लो समय पार्टीभित्र विवाद चर्किएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेका थिए। साेही मागबमोजिम ओलीले आज (शुक्रबार) का लागि बैठक आह्वान गरेका हुन्। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएकाे छ।
यसअघि प्रधानमन्त्री ओलीले बैठक बोलाउन नमानेपछि दाहाल आफैंले सचिवालयको अनौपचारिक बैठक आह्वान गरेका थिए। तर, उक्त बैठकमा प्रधानमन्त्री ओलीसहित उनकाे पक्षका नेताहरु अनुपस्थित भएका थिए।
सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टीकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पटक बसेको थियो। बुधबार पाँच नेता सहभागी अनौपचारिक बैठकले अध्यक्ष ओलीलाई बैठक बोलाउन पुनः आग्रह गर्ने निर्णय गरेको थियो।
नेकपाभित्र पछिल्लाे समय उठेकाे विवादलगायत विषय बैठककाे मुख्य अजेन्डा हुने जनाइएकाे छ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।