add

लोकसेवाद्वारा प्राविधिक तर्फ ३ सय पदमा विज्ञापन आह्वान






ActPro Nepal

|

२६ कार्तिक, २०७७

|
1355

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन आह्वान गरेको छ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवातर्फ रिक्त सातौं र आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो।

सामान्य प्रशासनको सोही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि बुधबार विज्ञापन आह्वान गरेको हो। ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवा प्रक्रियाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ।

स्वास्थ्य सेवातर्फका धेरै जसो कर्मचारी स्थानीय तहमा समायोजन भएर जाँद संघमा कर्मचारी अभाव हुन थालेको छ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.