add

उखु किसानले अझै पाएनन् बक्यौता, पुनः आन्दोलन गर्ने चेतावनी






ActPro Nepal

|

२४ कार्तिक, २०७७

|
1106

काठमाडौं । उखु किसानले मन्त्रालयमा सम्झौता भएको एक वर्षसम्म पनि बक्यौता रकम नपाएपछि पुनः सरकारको ढोका ढक्ढकाएका छन् ।

उनीहरुले छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलनको चेतावनी समेत सरकारलाई दिएका छन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाउँदै उखु किसानहरूले काठमाण्डौ केन्द्रित आन्दोलनको चेतावनी दिएका हुन् ।

उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेशकुमार मिश्रले किसानमाथि अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

सरकारले बेवास्ता गरे मङ्सिर २७ पछि माइतीघर मण्डलामा भेला भएर आन्दोलन गर्ने तयारी कृषकको छ ।

मन्त्री भट्टले भने बन्द भएका उद्योगको जायजेथा बेचेर भए पनि किसानको रकम दिलाउने प्रतिबद्धता व्यक्त गरे । यसअघि एक वर्ष अगाडी नै कृषकले काठमाडौं आएर लामो आन्दोलन गरी सम्झौता गरी घर फर्किएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.