add

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो , साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने






ActPro Nepal

|

२१ कार्तिक, २०७७

|
1165

काठमाडौं । नेपाल प्रहरीले ‘प्रहरी कार्यालय सहयोगी’मा जागिर खुलाएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक नेपाली नागरिकले मंसिर २ गतेदेखि पुस ६ गतेभित्र दरखास्त फारम दर्ता गर्ने समय छ।

जसमा खुला र समावेशी गरी माली/बगैंचे, भान्छे, हजाम, सिलाइरबुनाइ, कुचिकार र खेलाडीमा दरखास्त आह्वान गरेको छ ।

९ जना मालीरबगैंचे, २ सय ६१ जना भान्छे, १० जना हजाम, १५ जना सिलाइरबुनाइतर्फ, ५० जना कुचिकार र १५ जना खेलाडीका लागि जागिर खुलेको हो।

खेलाडि सहयोगीतर्फ १५ जनामा फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, जुडो, कराँते, तेक्वान्दो, उसु, ब्याडमिन्टन, बक्सिङ, भारोत्तलन विधातर्फका महिलारपुरूष खेलाडीले मात्रै दरखास्त दिन पाउँछन्।

साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउँछन्। १८ वर्ष पूरा भई २५ वर्ष ननाघेकाले दरखास्त दिन सक्ने प्रहरीले जानकारी दिएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.