add

स्वास्थ्य मन्त्रालयले माग्यो एक सय ९१ जना कर्मचारी(सूचनासहित)






ActPro Nepal

|

२० कार्तिक, २०७७

|
1252

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिना समयका कर्मचारी माग गरेको छ।

विहिबार एक सूचना जारी गर्दै तीन महिना समयका लागि एक सय ९१ जना कर्मचारीको दरखास्त आह्वान गरेको छ।

सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ।

१८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ।

बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको जनाएको छ ।

सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो।

दरखास्त फारम https://dohs.gov.np/ मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.