add

निर्जीवन बीमा कम्पनीमा कोरोनाको असर, कुनले कति आर्जन गरे बीमा शुल्क ?






ActPro Nepal

|

१५ कार्तिक, २०७७

|
1413

काठमाडौं । बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन् ।

चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपालमा हाल सञ्चालनमा रहेका जीवन र निर्जीवन गरी ३९ कम्पनीहरुले सो रकम संकलन गरेका हुन् । उक्त बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

कूल १९ वटा जीवन बीमा कम्पनीहरुले पहिलो त्रैमासमा ३२ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बिमा समितिले जनाएको छ ।

यस्तै २० वटा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ७ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

प्रथम त्रैमासमा संकलन भएको बीमाशुल्कमध्ये ९ अर्ब १ करोड रुपैयाँ नेपाल लाइफले मात्रै संकलन गरेको छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफको मात्रै २८ प्रतिशत योगदान रहेको छ ।

त्यस्तै राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गरेको छ ।

निजी लगानीको पहिलो जीवन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जानकारी दिएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल लिमिटेड ९एलआईसी० ले ५ अर्ब ५ करोड बीमा शुल्क आर्जन गरेके छ । सबैभन्दा कम पछि सञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । उसले २४ करोड रुपैयाँ मात्र प्रिमियम संकलन गरेको छ ।

रिलायबल लाइफले ५४, रिलायन्स लाइफले ४८, सन नेपाल लाइफले ४३, सानिमा लाइफले ३५, प्रभु लाइफले २५ र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

मेट लाइफले १ अर्ब २२ करोड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६ करोड रुपैयाँ प्रिमिय संकलन गरेका छन् ।

निर्जीबन बीमा

निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले ७ अर्ब ५८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । निर्जीबन बीमातर्फ सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ९० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले ७३ करोड र नेको इन्स्योरेन्सले ६८ करोड रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको छ। यसैगरि सिद्धार्थ इन्स्योरेन्सले ६२ करोड, एनएलजी इन्स्योरेन्सले ५६ करोड बीमाशुल्क संकलन गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल, आइएमई जनरल, लुम्बिनी जनरल, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, दी ओरियन्टल इन्स्योरेन्सले ५० करोड भन्दा कम बीमाशुल्क संकलन गरेका छन् ।

सानिमा जनरल इन्स्यारेन्स १८ र हिमालयन जनरल इन्स्योरेन्सले १८ करोड सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ भने नयाँ निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्सले ३३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन कारण बीमाशुल्क संकलन प्रभावित भएपछि बीमा कम्पनीहरुले उल्लेख्य बीमाशुल्क संकलन गरेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.