add

‘५ लाख मेट्रिक टन मल ल्याउन ब्रम्हाजी आएपनि पनि सक्दैनन्’ : कृषिमन्त्री भुसाल






ActPro Nepal

|

३० असोज, २०७७

|
775

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै अवस्थामा ५ लाख मेट्रिक टन मल ल्याउन शिवजी र ब्रम्हाजी नै आएपनि नसक्ने दाबी गरेका छन्।

४० औं खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यही अवस्थामा भगवान शिव र ब्रम्हा नै आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन नसक्ने बताएका हुन्।
 
उनले अहिलेकै व्यवस्था अनुसार ५ लाख मेट्रिक टन मल तत्काल ल्याउन नसकिने र ल्याउने नै हुँदा कलकत्ताबाट दिनहुँ एउटा डेडिकेटेट रेल आवश्यक पर्ने बताए।

‘अहिलेको अवस्थामा शिव र ब्रम्हाजी आएपनि ५ लाख मेट्रिक टन मल ल्याउन सक्ने अवस्था छैन। त्यसका लागि दिनहुँ कलकत्ताबाट नेपाल आउने डेडिकेटेट रेल आवश्यक पर्छ,’ उनले भने।

मन्त्री भुसालले किसानलाई बैंकको ब्याजदरमा अनुदान दिनबाहेक केही गर्न नसकिएको बताए। कृषि व्यवस्था परिवर्तन नभएसम्म नेपालमा कृषि क्षेत्रको विकास हुने सम्भवना नरहेको उनले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.