Right side from logo

सुनको मूल्य बढ्यो , कतिमा हुदैछ कारोबार ?




ActPro Nepal

113

2020 Oct 11

काठमाडौँ । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ ।

सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया