add

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार जनाको हात खालि






ActPro Nepal

|

२० असोज, २०७७

|
1714

काठमाडौं । जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ  बाँडफाँड भएको हो । जसमा  ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ। 

आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको थियो ।  

परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको क्यापिटलले जनाएको छ । 

सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता सेयर हात परेका छन्। यो कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म आइपीओमा आवेदन खुल्ला गरेको थियो । यो कम्पनीको आइपीओले यसअघिका आइपीओका सबै रेकर्ड तोडेर सर्वाधिक आवेदन पर्ने नयाँ रेकर्ड बनाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.